Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

विभिन्न दल परित्याग गरी ३ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश


ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरि करिब ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज ललितपुरको महालक्ष्मीस्थानस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन, संसारलाल वैद्य, शुकबहादुर देउला, नविन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको नेकपाबाहेक अन्य दलका नेता तथा कार्यकर्ता पछि रहेका छन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode