गठबन्धन सरकार कठपुलती हो : केपी ओली
![](https://www.khojmissionnews.com/wp-content/uploads/2022/11/kp-oli-1.jpg)
कञ्चनपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुलती भन्दै देश बनाउन नसक्ने बताएका छन् । सुक्रवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा गरिएको चुनावी सभामा बेल्दै अध्यक्ष ओलीले यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्य समाधान गर्न यो सरकार बनेको छैन ।
यो मिलीजुली बाडेर खानलाई बनाएको टालाटुली बाटुली गठवन्धन सरकार कठपुतली भएको भन्दै यसले जनताको लागि केही पनि काम नगरेको र गर्न नसक्ने बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि सत्ता गठबन्धन भत्किने दावी गर्दे उनले जनताको आशा गठबन्धन सरकारले काम गर्न नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने र त्यसले सबै विद्यमान समस्या हटाउने उल्लेख गरे । सभामा वोल्दै उनले भने प्रचण्डले आफ्ना मान्छेका लागि सेटिङ्ग गरे, देउवाले गेटा मेडिकल कलेज डडेल्धुराको तुफान डाँडा लगे अनि क्षेत्र ३ बाट बाम गठबन्धनका उम्मेदवार रमेश लेखकले एमाले पोलिट्ब्यूरो सदस्य निरुदेवी पाललाई चिन्दैनन रे भन्दै व्यँङ्ग्य गरेका छन ।
दोधारा चाँदनीमा दुई बर्ष भित्रै महाकाली सिँचाईका १० क्युसेक पानी पु¥याउने, पश्चिमसेती, पञ्चेश्वर, दैजी औद्योगिक क्षेत्र अघि बढाउने, महाकाली पुल, तेस्रो चरण, करिडोर लगायतका विकास निर्माणका काम अघि बढाउनुका साथै सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेज सञ्चालन गर्न कार्य अघि बढाईने ओलीको दावि छ । एमसीसी एमालेले पास नगरेको बताउँदै ओलीले गठबन्धन सरकारले गरेको बताए ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया