चुनाब प्रचारका लागि कांग्रेस सभापति देउवा डडेलधुरामा, सागर ढकालले गरे स्वागत

डडेलधुरा । चुनावी प्रचारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी गएका देउवा आज डडेल्धुरा सदरमुकाममा पुगी गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । कार्यक्रममा देशको विकाश र समृद्धिकालागी गठबन्धनले जित्नु पर्ने बताए । प्रधानमन्त्री देउवाले आगामी निर्वाचन पछी पनि गठबन्धनको सरकार बन्नेदावी गरे ।
उनलाई गठबन्धनका नेता–कार्यकर्ता तथा स्थानीयले भव्य स्वागत गरेका थिए । देउवा सहभागी चुनावी सभामा पनि स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवा प्रचारप्रसार गर्दै ४ दिन त्यही बस्ने कार्यक्रम रहेको छ । डडेलधुरामा देउवासँग उनकै स्वकीय सचिवका रूपमा काम गरेका नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् । चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाको स्वागतमा लाइनमा बसेका ढकालले चुनावमा एजेण्डाको लडाइँ हुने बताए ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया