Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सुन तस्करमा संलग्न भएको आरोप लगाउँदै ओलीले मागे गृह र अर्थमन्त्रीको राजीनामा


काठमाण्डौ । पछिल्लो समय एक क्विन्टल सुन बरामद भएपछि त्यसको छानबिन नेपाल प्रहरीको सिआइबीले गरिरहेको छ । तर एमालेले सुन प्रकरणलाई छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै संसद बैठक अवरोध गर्दै आएको छ । तर सरकारले समिति गठन गर्नुपर्ने माग पूरा नगरेपछि एमालेले पत्रकार सम्मेलन नै गरेर आफ्नो सार्वजनिक गरेको छ । सरकारको आलोचना गर्नकै लागि पहिलोपटक पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष केपी ओलीले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरे । उच्चस्तरीय छानबिन समिति बनाउन नमान्नुले सरकार आफैँ सुन तस्करमा संलग्न भएको हुन सक्ने ओलीको आशंका छ ।

ओलीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन् । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेपछि ओलीले प्रश्न उठाएका हुन् ।

छानबिनका नाममा गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको ओलीको आरोप छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा दिनुपर्ने ओलीको माग छ । ओलीले भ्रष्ट सरकारको नेतृत्व प्रचण्डले गरेको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने समेत बताए ।

६ बुँदे प्रेश विज्ञप्तिमा एमालेले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै हमला गरेको हो । वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, संवैधानिक प्रावधानहरुमाथिको हस्तक्षेप, आर्थिक सङ्कट, मुलुकको आन्तरिक मामलामा बाह्य हस्तक्षेप र समाजमा अराजकता झनै सघन बन्दै गएको एमालेको आरोप छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode