चुनाबी प्रचारका लागि प्रचण्ड गोरखा छोडेर काठमाण्डौमा, के भने बाबुराम भट्टराईले ?

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेकाले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका हुन् । उनले गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।
त्यस्तै उनले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेकाले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजा नभएको अवस्थामा कांग्रेसले आफ्नो महत्व बुझ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताए । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।
त्यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले आवश्यकता अनुसार गुणात्मक फड्को मार्न नसकेको बताए । श्रेष्ठले यसअघि गोरखामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुने तर यसपटक प्रतिस्पर्धाविहीन भए पनि असाधारण मत संख्याले उम्मेदवारले विजय हासिल गर्यो भनेर पुष्टि गर्नुपर्ने चुनौती रहेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया