शिक्षा विधेयकविरुद्ध प्रिस्कुलहरुको छाता संगठन अपेनद्धारा आन्दोलनको घोषणा [यस्ता छन आन्दोलनका कार्यक्रम]
प्याब्सन,ऐनप्याब्सन र हिसानको आन्दोलनमा ऐक्यवद्धता
ललितपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति प्रि – स्कुलहरुको छाता सगंठन एशोसिएसन अफ प्रि – स्कुल एजुकेर्टस नेपाल अपेन ले आन्दोलनको घोषणा गरेको छ । विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले गम्भीर असहमति जनाएका हुन ।
अपेनले विहिवार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अन्र्तगत साउन २५ र २६ गते स्थानीय तहमा ज्ञापन पत्र बुझाउने यस्तै २६ गते देखि प्रअहरुले कालोपट्टी सहित विरोध गर्दै कार्य गर्न र २८ गते देखि प्याब्सन , ऐनप्याब्सन र हिसानको आन्दोलनमा ऐक्यवद्धता जनाउदै विद्यालय बन्द गर्न घोषणा गरेका हुन । विद्यालय बन्द गर्नु अगावै आफना मागहरु सरकारले सम्बोधन गर्नुपर्न माग अपेनको छ ।
प्रस्तावित मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्थाप्रति निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन् ।
प्रस्तावित विधेयकका तीन बुँदामा अपेनको गम्भीर विमति
१ सम्रग संस्थागत विद्यालयमा निजि लगानी रहेकोले यसलाई हालको संविधानले ब्यवस्था गरे अनुरुप कम्पनी अन्र्तगत नै सन्चालन गर्ने गराउनुपर्न ।
२ आधाभुत शिक्षा अन्र्तगत कक्षा ३ सम्मलाई {० देखि ८ वर्ष उमेर समुह} एक प्रारम्भीक तहको रुपमा कार्यन्वयन गर्ने ब्यवस्था मिलाउनुपर्न ।
३ ८ वर्ष सम्मका बालबालिकाको चौतर्फि तथा सन्तुलित विकासका लागि अध्ययन , अनुसन्धान निति नियम तथा गुणस्तरीय सेवा ब्यवस्थापनका लागि नितिगत रुपमा सबै सरोकारवाला पक्षहरुलाई समेटुने गरी आवश्यक ब्यवस्था मिलाउनु पर्न ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया