Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

उपत्यकामा बाढीको वितण्डा : सतर्कता अपनाउन आग्रह


ललितपुर ।  अविरल बर्षाले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन् । काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । बागमती ,विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ ।

बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode