सुनकाण्डमा ओलीको गर्जनः गृहमन्त्रीलाई त्यत्तिकै छोड्दैनौं
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् ।कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् ।उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।
उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए । उनले कसैले गृहमन्त्रीको जबाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रालय मुद्दा हाल्न जानु कति न्यायसङ्गत हुन्छ भन्दै प्रश्न गरे । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।
कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया गएका थिए। ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका दर्जनबढी नेताहरु विमानस्थलको विशिष्ठ कक्ष सम्मै पुगेका थिए
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया