Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि छोड्दिन गृहमन्त्रीः श्रेष्ठ


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित (समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता ) विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार प्रकरणमा दोषी कोही नउम्किने र निर्दोष नफस्ने बताए । भ्रष्टाचारको छानविनमा आफूलाई पार्टीसँग कुनै सरोकार नरहेको उनले बताए । भ्रष्टाचारी प्रमाणित भए माओवादी, एमाले, कांग्रेस, जसपा लगायतका कोही मान्छेले पनि उन्मुक्ति नपाउने उनले बताए ।

अहिले कतिपयलाई के लागेको छ भने त्यो हो नि त्यहाँसम्म पुग्नुपर्ने खोई भन्ने छ । कोहीलाई तान्न पर्नेलाई तानेन भन्ने छ । त्यसको प्रमाण नभई राज्यले केही गर्न सक्दैन । तथ्य प्रमाणले भेटेसम्म कारबाही हुन्छ । माओवादी, कांग्रेस, एमाले जो होस्, मलाई कसैको मतलब छैन । दोषी सबैलाई कारबाही हुन्छ,’– उनले भने ।आजको आवश्यकता राजनीतिलाई सफा बनाएर सुशासन स्थापित गर्नु भएको उनले बताए । सुशासनबाट नै समृद्धि हासिल गर्न सकिने उनले बताए । आफू सबैका लागि कानुन बराबरी लागू गराएर रुल अफ ल स्थापित गराउन खोजेको उनले बताए ।अहिलेसम्मका भ्रष्टाचार प्रकरणको छानविन स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइएको उनले भनाई थियो ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode