Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

नवज्योति स्काउट ट्रपको दुई दिने स्काउट क्याम्फ सम्पन्न ।


ललितपुर । गोदावरी नगरपालिका वडा नम्बर १३ मा रहेको नवज्योती स्काउट टुप्रको दुई दिने स्काउट क्याम्प सम्पन्न भएको छ । झरुवारासी स्थित नवज्योती माविमा संचालित उक्त क्याम्प गोदावरी नगरपालिकाका प्रमुख एंवम गोदावरी नगर स्काउट संरक्षक गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता एंवम गोदावरी नगरपालिका उपप्रमुख एंवम गोदावरी नगर स्काउटका प्रमुख स्काउट मुना अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

गोदावरी नगर स्काउटका संरक्षक गजेन्द्र महर्जनले स्काउटहरु समाजका अनुशासित, स्वाबलम्वी र चरित्रवान् युवाशक्ति भएकाले घर, टोल, समाज र देशकै लागि सदैव महत्वपुर्ण भूमिका रहेको बताए । उनले भने गोदावरी नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा स्काउट अनिवार्य रुपँमा पुराउने उदेश्य नगरको रहेको र यसका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता महर्जनको थियो ।

यस्तै कार्यक्रममा विशिष्ट अथितिको रुपमाँ गोदावरी नगर स्काउटका प्रमुख स्काउट समेत रहनुभएका मुना अधिकारीले स्काउट बालबालिकालाई मार्ग निर्देशन गर्ने संस्था रहेको हुँदा यस्ता खालका कार्यक्रमले विद्यार्थीले नैतिक शिक्षा संगै व्यवहारिक ज्ञान सिक्ने अवसर प्राप्त गर्ने बताउनु भएको थियो । विद्यार्थीलाई किताबी ज्ञानले मात्रै नभई यसका अलवा बाहिरी ज्ञान सीप सिक्नु अति आवश्यक रहेकाले नगरपालिका भित्रका हरुेक बालबालिकाले स्काउट शिक्षामा जोडीएर अघि बढ्न अधिकारीले आग्रह गरिन ।

यस्तै गोदावरी नगर स्काउटका संयोजक दिपक अर्यालले नगरले लिएको लक्ष्य अनुरुप नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्काउट अभियान बिस्तारमा सम्पुर्ण नगर स्काउट कमिटि लागेको जानकारी दिए ।

कार्यक्रममा अतिथिका रुपँमा वडा नम्बर १३ का वडा अध्यक्ष भास्कर थापा , गोदावरी नगर स्काउटका सदस्य सचिव दिनानाथ पन्थी , विद्यालयका प्रअ हरिहर लामिछाने , गोदावरी नगर स्काउटका सदस्य कनैया श्रेष्ठ , ललितपुर महानगर स्काउटका सदस्यद्धय विकेन्द्र महर्जन , नरेश अवाले महालक्ष्मी नगर स्काउटका सदस्य नेगमा सिहं तामाङ , विद्यालयका स्काउट शिक्षक राजेश बुढाथोकी र रोभर रेन्जरहरुको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा,ट्रपका ५० स्काउट दिक्षित समेत भएका थिए । कार्यक्रममा पायनोरिङ,टायर क्रसिङ्ग ,हाईकिङ्ग,फस्ट एड, सांस्कृतिक कार्यक्रम,फेस पेन्टिङ्ग,बेलुन ब्लाष्ट,स्पोन एन्ड मार्वल पास लगायत विविध साहसिक,रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode