Techie IT
  • १ असार २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

बढ्दै बैंदेशिक रोजगारीका नाममा ठगी, कारबाही गर्ने र सुधार गर्ने सरकारी निकाय कहाँ छन् ?


काठमाडौं । देशमा बढ्दो बेरोजगारी समस्याका कारण बैदेशिक रोजगारीमा जानेहरु विगत भन्दा झनै बढ्न थालेका छन् । तर बैदेशिक रोजगारीका क्षेत्रमा रहेका बिक्रितिहरु अहिले पनि उहि रुपमा देखिने गरेका छन् । सरकारले मलेसिया, दुबई, कतार, साउदी अरब लगायतका प्रमुख ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन । बरु बैदेशिक रोजगारीको योजना बनाएदेखी नै ठगीनु र सास्ती पाउनुपर्ने बाध्यता छ ।

कतिपय म्यानपावर व्यवसायीले बैदेशिक रोजगारीको क्षेत्रमा इमान्दार प्रयास पनि गरिरहेका छन् । तर तोकेको समयमा प्रतिबद्धता अनुसारको गन्तब्य मुलुकमा, भनेअनुसारको काम र सेवा सुविधा दिलाउन सकिरहेका छन् । फ्रि भिसा फ्रि टिकट मलेसियाका धेरै कम्पनीमा नेपाली कामदार पठाइरहेको इन्टरनेश्नल म्यानपावर रिक्युरमेन्ट प्रालीले समेत अन्यायमा परेको गुनासो आएको छ । ६ महिनादेखी विदेश जाने टक्करमा दौडिनुपरेको, अरु म्यानपावरबाट जान्छौँ भन्दा समेत बिगतमा लागेको कलिङ भिसा हटाउन सहयोग नगरेको गुनासो पीडितहरुले गरेका छन् । यो म्यानपावर मात्रै होइन, सातदोबाटोको अलिहाद म्यानेजमेन्ट प्रालीले साउदीमा नेपाली कामदार पठाएर अलपत्र बनाएको छ । विदेशमा आफन्त अलपत्र परेको बारे हारगुहार गर्दै आफन्तहरु म्यानपावर र बैदेशिक रोजगार विभाग धाउँदा समेत रोजगारी र तलबको सुनिश्चितत त परको कुरा स्वदेश झिकाउने पहल समेत सुरु नभएको गुनासो गरिरहेका छन् । यो म्यानपावरले फ्रि भिसा फ्रि टिकटमा उल्टै लाखौँ शुल्क लिएको र विदेशमा परिवारका सदस्यलाई अलपत्र पारेको भन्दै पीडितको गृुनासो छ ।

यतिमात्रै होइन, ललितपुरको बालकुमारी क्षेत्रमा रहेको सम्राट इन्टरनेश्नल प्रालीले समेत विदेश पुर्याएका नेपालीहरु अलपत्र परेका छन् । बानेश्वरस्थित भिमसेनगोलामा कार्यालय रहेको ओभरसिज इम्प्लोईमेन्ट प्रालि मार्फत साउदी अरवको ग्लास वर्कस फ्याक्ट्रीमा रोजगारीका क्रममा पुगेका श्रमिकहरु समेत अलपत्र परेका छन् । गौशालाको मेरिडियन म्यानपावरबाट बिदेश पुगेकाहरु त अहिले नेपाल फर्किएर क्षतिपूर्ती र विदेशमा काम गरेर नपाएको तलब सुविधाका लागि सरकारी निकायसँग हारगुहार गरिरहेका छन् । मेरिडियनबाट बिदेश पुगेर भोग्नुपरेको समस्या बारे पीडितले गुनासोसहित क्षतिपूर्तिका लागि बैदेशिक रोजगार विभागमा उजूरी नै दिएका छन् ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । काठमाडौं उपत्यकासहित देशका शहरी क्षेत्रमा विस्तार गरिएका अधिकांश म्यानपावरको ध्यान नै बेरोजगारीको बाध्यतामा रहेकाहरुमाथी कसरी ठगी गरेर टन्न कमाउने भन्नेमा केन्द्रीत छ । सरकारले गरेको फ्रि भिसा फ्रि टिकटको नियम लत्याउँदा समेत सामान्य कारबाहीका नाममा उम्किने अवस्था छ, उल्टै उजूरी बोकेर पुगेका पीडितलाई नै म्यानपावरसँग मिल्न भन्दै बैदेशिक रोजगार विभागका कर्मचारीले दबाद दिदा विभाग र सरकारप्रति नै अविश्वास बढिरहेको छ । पीडितसँगै उनीहरुलाई सहयोग गर्न बैदेशिक रोजगार विभाग पुग्ने अभियन्ताहरु लामो समयसम्म न्याय नपाएपछि बिचौलिया वा कस्ले सरकारी अड्डा चलाईरहेको छ भनेर उल्टै प्रश्न गरिरहेका छन् ।

बैदेशिक रोजगार विभाग र सरकारी निकायको फितलो अनुगमन र सामान्य कारबाहीका कारण म्यानपावर व्यवसायका नाममा ठगी गर्नेहरु हौसिरहेका छन् । अब म्यानपावरका नाममा ठगी गर्ने रोजगारीका नाममा मानव तस्करी शैलिमा श्रमिक बेच्नेहरु सरकारी संयन्त्रको नियमनको दायरामा आउनुपर्छ । बेरोजगारी समस्याले बाध्यता बनेको बैदेशिक रोजगारीलाई बिक्रित होइन ब्यवस्थित बनाउन सिंगो राज्य संयन्त्रको ध्यान पुगोस् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार
ट्याग : ##baidishikrojgarbibagh #Hellosarkar #Manpower

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode