Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस सेवा (तस्विरमा)


काठमाण्डौ । काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्न सुरु भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै विहिबारदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो ।

अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका गाडी चल्ने छन् ।

साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ–थेचो–सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode