Techie IT
  • १७ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे नेपाल स्काउटको सर्वोच्च पदक‘सुनौलो गैँडा’बाट सम्मानित हुँदै


ललितपुर । नेपाल स्काउटले ७२ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउटद्धारा प्रदान गरिने सर्वोच्च पदक बाट नेपाल स्काउटका वजम कन्सलटेन्ट तथा राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे सम्मानित हुने भएका छन । २०५७ सालमा स्काउट मास्टर हुँदै स्काउट क्षेत्रमा प्रवेश गरेका घिमिरेले तत्कालिन ललितपुर जिल्ला स्काउट संगठनको संगठन आयुक्तका रुपँमा दुई वर्ष काम समेत गरेका थिए ।

निरन्तर स्काउट अभियानमा सक्रिय घिमिरे पुर्व राष्ट्रिय संगठन आयुक्त , विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको सन् २००९ देखि २०१२ सम्म एडल्ट सर्पोट कमिटि सदस्य , २०१२ देखि २०१५ सम्म प्रोगाम सब कमिटि सदस्य , २०१५ देखि २०१८ सम्म प्रोगाम सब कमिटि अध्यक्ष २०१८ देखि २०२२ सम्म टाक्स फोर्स मेम्बर र २०२२ देखि २०२५ सम्म एजुकेशन मेचोड सब कमिटिका अध्यक्ष भएर नेपाल स्काउटको वृति विकासका लागि लागिरहेका छन । यस्तै घिमिरे हाल विश्व स्काउट संगठनका कन्सलटेन्टका रुँपमा आवद्ध हुदै काम गरिरहेका छन ।

नेपाल स्काउटको ऐतिहासिक प्रथम लिडर ट्रेनर कोर्षका कोर्ष लिडर समेत भईसकेका घिमिरेले नेपाल स्काउटको युवा कार्यक्रम लेखनमा समेत विशेष भुमिका निर्वाह गरेका छन । उनले नेपाल स्काउटको वृति विकासमा खेलेको महत्वपुर्ण भुमिकालाई कदर गर्दै नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यलयले उनलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैँडा बाट सम्मानित गरेको हो । घिमिरेले आगामी असार पाचँ गते उक्त सम्मान पाउने छन । घिमिरे सँगै बागमती प्रदेश स्काउटका संयोजक तथा राष्ट्रिय प्रशिक्षक शिवराम अर्याल लाई पनि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यलयले सर्वोच्च पदक सुनौलो गैँडा बाट सम्मानित गर्न जानकारी खोजमिसन न्युज लाई दिएको छ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode