रास्वपाको पहिलो वार्षिकोत्सव, दिउँसो चियापान
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ।पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
स्थानीय तहको निर्वाचनपछि चुनावको तयारीमा लागेको रास्वपाले २१ सिटसहित चौथो ठूलो दलको रुपमा स्थापित भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया