Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटको सम्मान


काठमाण्डौ । गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको छ । स्काउटको ७२ औँ स्पाना दिवसको अवसरमा महर्जनलाई कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।

स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धी, विकास र विस्तारका लागि महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको स्काउटले जनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले उक्त कदर पत्र प्रदान गरेका हुन् ।

महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका छन् ।

त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउटको पोषाक वितरण गर्दै आएका छन् । सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराउने उनको लक्ष्य छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode