Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रपति पौडेललाई के भयो ?


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् । मृटुमा समस्या देखा परेपछि मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेल केहीदिन अगाडिदेखि स्वास्थ्यमा समस्यादेखा परेपछि अस्पतालमा पुगेका थिए । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएको छैन ।

राष्ट्रपतिकै सचिवालयले समेत राष्ट्रपतिको स्वास्थयका बिषयमा खुलेर जानकारी नदिदा आलोचना भएको छ । अघिल्लो महिना अगाडि मात्रै राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएपछि भारतमा उपचार गरेर ल्याइएको थियो । अहिले फेरी स्वास्थ्यमा समस्या देखिएपछि सत्य तथ्य जानकारी बाहिर ल्याउनुपर्ने भन्दै धेरैले सुझाब दिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode