प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिर किन गए ?

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । प्रधानमन्त्री दाहाल शनिबार अपराह्न झण्डै आधा दर्जन मन्त्रीलाई लिएर पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत सहभागी थिए ।
सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन् । उनलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए ।
एकसाता अघि भारत भ्रमणका क्रममा उनले उज्जैनको महाकालेश्वोर मन्दिरको दर्शन र पूजा गरेका थिए । कम्युनिष्ट पार्टीका नेता दाहालको पहिल्लो समयको धार्मिक क्षेत्र भ्रमणलाई कतिपयले अनौठो मानेका छन् भन धेरैले अर्थपूर्ण रहेको बताउने गरेका छन् ।
तर उनको यो भ्रमण सामान्य हो वा विशेष कारणले हो भन्ने चाँही कसैले बुझ्न सकेका छैनन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया