Techie IT
  • १७ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

कोशीमा आन्दोलन : योगेश भट्टराईको सवाल–गृहमन्त्री श्रेष्ठको जवाफ


काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादी भन्नेहरुले आफ्ना नेताहरुको हत्या गर्ने योजना बनाएको आरोप लगाएको छ । प्रतिनिधिसभा बैठकको सुरुमै एमाले नेता योगेश भट्टराईले पहिचानवादी भन्नेहरुले आफ्ना नेता चढेको गाडी तोडफोड गर्ने, मोविल छर्केर हत्या गर्ने योजना बनाएको आरोप लगाए ।

उनले आफ्ना नेतालाई निशाना बनाउदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए । राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफै आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको चेतावनी दिए ।

त्यस्तै भट्टराईले प्रदेशको नाममा कसैलाई चित्त नबुझे प्रदेशसभामा वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे एमालेलाई स्वीकार्य रहेको उल्लेख गरे । सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए ।

नेता भट्टराईले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

एमालेको असन्तुष्टी र सवालपछि संसदमा सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताएका छन् । गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताए । तर अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट दिने उनले बताए ।

आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्ड कामलाई प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा समेत उनले जोड दिए ।

 


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode