Techie IT
  • १७ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

बजेटमा असन्तुष्टी जनाउँदै माधब नेपालले दिए सरकार छोड्ने चेतावनी


काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् । भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए । सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए ।

उनले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको बताएका छन् । नक्कली शरणार्थी प्रकरण, मिटरव्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए । उनले राजनीतिक स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफुहरुले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरे ।

अध्यक्ष नेपालले इमान्दारहरु पछि पर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई स्थापीत गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode