Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

भारतबाट फर्किए प्रचण्ड, भ्रमण फलदायी र सार्थक भएको दाबी


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । दाहालले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् ।

स्वदेश फर्किलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै दाहालले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए । उनले अहिलेको भ्रमण बिगतको भ्रमण भन्दा फरक रहेको र परिणाममुखीका साथै भविष्यका निम्ती स्पष्ट मार्गदर्शन समेत गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए । उनले भ्रमणका क्रममा सीमा समस्या, तराईका क्षेत्र डुवानका बिषय, ऊर्जा क्षेत्र लगाएतमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा एक धार्मिक कार्यक्रममा सहभागी भएको बिषयलाई अनिरञ्जीत गर्न खोजिएको गुनासो गरे । आफू कुनै पनि धर्मविरोधी नभएको र धर्मनिरपेक्षवादी भएको उनले बताए ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।

भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode