Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

छुटे रेशम चौधरी,सरकारको निर्णय विरद्ध सामाजिक सन्जालमा चर्काे विरोध


ललितपुर । टीकापुर घटनामा जन्मकैदको सजाय काटीरहेका रेशम चौधरी रिहा भएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन ।

उनी छुटेपछि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग उनी मन्त्री क्वार्टर पुगेका थिए । त्यसपछि माइतीघर पुगेर आफ्ना कार्यकर्ताहरूसँग खुसीयाली मनाएका छन् । चौधरी आजै कैलाली जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूल मालाले भव्य स्वागत गरे । राष्ट्रपति बाट चौधरीले आम माफी पाएर छुटेपनि सामाजिक सञ्जालमा भने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode