भारत भ्रमणमा केके हुँदैछ ? प्रचण्डले दिए जवाफ
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका छन् । आइतबार किर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले जेष्ठ १७ गतेदेखि आफुले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका हुन् ।
उनले व्यापार पारावहनसम्बन्धी बिषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अथपूर्ण हुने बताए । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा बर्षौदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको जानकारी दिए ।
साथै, नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरि विशिष्ठ तवरले गर्न तयारी भइरहेको उल्लेख गरेका छन् ।
सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत वेतिथि र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसका बिरुद्ध लडाई सुरु गरिएको दाहालको भनाई छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया