Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको प्रचण्डको दाबी


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि सक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र बिभिन्न उपलब्धी उल्ट्याउन चाहने कतिपय शक्ति र व्यक्ति अहिले पनि सक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेको बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्याउन राजनीतिक तहमा समझदारी भएको दावी गरे । विस्तृत शान्ति सम्झौताको घरेलु मोडेल जस्तै संक्रमणकालीन न्यायलाई पनि छुट्टै घरेलु मोडलबाट पीडितलाई न्यायको अनुभूति हुने गरी टुङ्गोमा पु¥याइने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको जिकिर गरे । त्यस्तै मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगको सिफारिसअनुसार पीडितहरुले न्याय पाउने गरि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउनुपर्ने सुझाव दिए ।

उनले मानवअधिकारको रक्षाका लागि सरकारले अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक भएको समेत बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode