Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनः लेख्न ओलीको आग्रह


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ । यो देशका निम्ति बनाउनुस् ।’

छलफलको सुरुमै भाग लिंदै अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताए ।

आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode