Techie IT
  • १५ मंसीर २०८०, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

मञ्जु खाँण संसदमा प्रकट


काठमाण्डौ । शरणार्थी प्रकरणमा रकम लेनदेनको आरोप लागेकी नेपाली कांग्रेसकी मञ्जु खाँण आज संसद बैठकमा उपस्थित भएकी छिन् । उनका श्रीमान तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेदेखि सार्वजनिक रुपमा नदेखिएकी उनी आज संसदमा उपस्थित भएकी हुन् ।

यसअघि खाणले बोल्न गत वैशाख २७ गते नाम टिपाए पनि उक्त दिन उनी प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहेकी थिइन् । वैशाख २७ मा उनका श्रीमानसमेत रहेका बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

तस्विर : सेतोपाटीबाट साभार

बालकृष्ण पक्राउ परेसँगै मन्जु सार्वजनिक रूपमा नदेखिँदा अनेक कोणबाट चर्चा भइरहेका थिए । कतिपयले उनी स्वदेशमा नरहेको दाबीसमेत गरेका थिए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो । सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode