Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

शीतल निवासदेखि संसदसम्म राष्ट्रपति पौडेलको सामान्य यात्रा (तस्विरमा)


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शितल निवासबाट नयाँ बानेश्वर जाने क्रममा विगतमा जस्तो सडक खाली पनि गराइएन । राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् ।

संसद् भवन परिसरमा पुगेपछि भने राष्ट्रपति पौडेलको अघि नेपाली सेनाले कारगेडको व्यवस्था गरेको थियो । यसअघि राष्ट्रपति आउँदा एभरेस्ट होटलदेखि घोडाले समेत स्कर्टिङ गर्ने गरिएको थियो । आज घोडालाई संसद भवनकै अगाडि राखियो र औपचारिकता मात्रै पूरा गरियो ।

विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडक ठप्प पार्ने गरेको थियो । पौडेलले तडकभडकपूर्ण सवारीको परम्परामा बदलाव ल्याएका छन् । पौडेल राष्ट्रपति भएको लामो समय भएको छैन । यसबीचमा भएका सीमित गतिविधिलाई उनले सामान्य बनाउने प्रयास गरेका छन् ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode