Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

टोपबहादुर रायमाझी पक्राउ परेदेखि अनुसन्धानका लागि म्याद थपसम्म…


काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर जिल्ला अदालत काठमाण्डौले पक्राउ पुर्जी जारी गरेपछी फरार रहेका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी हिजो साँझ पक्राउ परे । आज उनलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको अवधि दिइएको छ ।

पक्राउ परेपछी पनि उनी दुखित भने देखिएका छैनन् । उनलाई पनि हतकडी नलगाइ अदालत लगिएको थियो । अदालत लैजादै गर्दा छोटो प्रतिकृया दिदै रायमाझीले आफु निर्दोष रहेको दाबी गरेका थिए । आजै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनलाई रायमाझी पक्राउ परेको जानकारी दिएका थिए ।

प्रहरीले पेश गरेका प्रमाणलाई आधार मान्दै बैशाख २० गते अदालतले रायमाझी बिरुद्द पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएका बखत गृह जिल्ला अर्घाखाँचीमा सभामुख सँगै एउटै कार्यक्रममा सहभागि भएका रायमाझी उनिसङ्गै काठमाण्डौ फर्किने बताएका थिए । २० गते राती ९ बजेको उडानमार्फत भैरहवाबाट काठमाण्डौ आउने टिकट काटेका रायमाझीले बुटवलबाट प्रहरी प्रमुख बसन्त कुँवरलाई फोन गरेर आँफै प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । तर उनले एकाएक फ्लाइटको टिकट क्यान्सिल गरेर मोबाइल स्विच अफ गरे । सोही दिन राती बुटवलबाट उनका छोरा सन्दिप रायमाझीलाई प्रहरीले पक्राउ ग¥यो । छोरालाई पक्राउ गरेपछी नै संपर्कबिहिन भएका रायमाझीलाई खोज्न प्रहरीले देशभर नै सर्कुलर जारी गरेको थियो । तर ११ दिनसम्म पनि उनी फेला परेनन ।

लामो समयसम्म उनलाई पक्राउ गर्न नसकेपछी प्रहरिले रायमाझी भारत गएर लुकेको आशंका गरेको थियो । तर आईतबार राती भने प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ पासिकोटबाट पक्राउ ग¥यो । उनी आउने सुचनाको आधारमा आईतबार बिहानदेखी नै प्रहरी अलर्ट अवस्थामा थियो । तर उनले प्रहरीलाई झुक्याएर नै राजधानी प्रवेश गरे । तर बिशेष सुचनाको आधारमा पासिकोट पुगेको प्रहरिले उनलाई अर्घाखाँचीकै ब्यक्तिको घरमा फेला पारेको हो ।

आईतबार राती झन्डै ९ बजे उनी पक्राउ परेका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode