Techie IT
  • १३ मंसीर २०८०, बुधबार
  • काठमाडौं
Khoj Mission News

बालकृष्ण खाँण भन्छन्–‘म संलग्न छैन’, अनुसन्धानका लागि ४ दिन म्याद थप


काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले उक्त प्रकरणमा थप अनुसन्धानका लािग हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

खाँणले आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केहि भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन् । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसंगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगाएत १२ जनालाई पक्राृ गरि अनुसन्धान गरिरहेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । नक्कली भुटानी शर्णार्थी प्रकरणमा सय भन्दा बढिले २० वटा जाहेरी दिएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode