Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ओलीको निशानामा प्रचण्डदेखि रवि लामिछानेसम्म


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको आरोप लगाएका छन् । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन दाहाललाई चुनौती दिए । उनले भने, ‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ?

राष्ट्रिय युवा संघको वैठकमा बोल्दै ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने बताए । तर, आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने उनको भनाइ छ ।
ओलीले भने, प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ ।’

उनले निर्दोषलाई फसाउने कोशिष नगर्न चेतावनी दिए । आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्रीले दिएको प्रतिक्रियामा पनि ओलीले आपत्ति जनाए ।

‘प्रचण्डलाई जनतलो चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? ओलीको प्रश्न छ ।

ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुरानै बोतलमा नयाँ रक्सी भएको टिप्पणी गरेका छन् । उनले रास्वपाको नाम नलिई ४–६ महिनाअघि खुलेको भए पनि उक्त पार्टी बुढो भएको बताएका हुन् । ‘नेपालमा सबैभन्दा नयाँ भने पनि, सबैभन्दा पुरानो पार्टी भने पनि नेकपा एमाले नै हो’ ओलीले भने ।

पुरानो विचार बोक्ने पार्टी नयाँ खुल्नुको अर्थ नहुने भन्दै उनले बोतल जुनसुकै कलरका भए पनि रक्सी उस्तै भएको जिकिर गे ।

राजनीतिमा कहिले कहिले ह्वीम चल्ने भन्दै ओलीले विगतमा नेकपा माओवादीले २४० निर्वाचन क्षेत्रमध्ये १२० वटामा जित हासिल गरेको उदाहरण दिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode