दलहरुको पुरानै कमजोरी : सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई
काठमाण्डौ । प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगाएतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो । कांग्रेस लगाएतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन् ।
परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केहि दलले समय मागेको बताए । संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने बिषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको गिरीले जानकारी दिए ।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदीय समिति गठनका बिषयमा यसअघि दलहरुबीच भएको सहमतिकै आधारमा समितिलाई पूर्णता दिने बताए । चाडो भन्दा चाडो यसलाई टुङ्गोमा पुराउने उनको दाबी छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि संसदीय समितिमा रहनेहरुको नाम बिहीबारसम्म बुझाउन आग्रह गरेका थिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया