Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
  • काठमाडौं
Khoj Mission News

नेपाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’लाई अन्तर्राष्ट्रिय ‘Universal Book of World Records’ सम्मान


नेपालका प्रभावशाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा विश्व कीर्तिमानसँग जोडिएका छन्। चौहानलाई अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’द्वारा सम्मानित गरिएको हो। चौहान बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स र परामर्श क्षेत्रमा सक्रिय रहेका छन्। विभिन्न उद्यममा निर्वाह गर्दै आएको प्रभावकारी नेतृत्वदायी भूमिकाको कदरस्वरुप चौहानलाई ‘गतिशील युवा उद्यमी’ विधामा उक्त सम्मान प्रदान गरिएको हो।

नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता थियो। चौहान ताप्लेजुङबाट काठमाडौं आएर उद्यमशील क्षेत्रमा स्थापित हुन सफल उद्यमी हुन् भने उनी कलाकारिता, सामाजिक र राजनीतिक गतिविधिमा पनि सक्रिय छन्।

स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा उनले पु¥याएको योगदानलाई विशेष रूपमा प्रशंसा गर्दै आयोजकले चौहानको कामले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको उल्लेख गरेको छ। सम्मान प्राप्त गरेपछि चौहानले यो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरेका छन्। ‘यो उपलब्धि मेरो मात्र होइन, परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको साथ र विश्वासको प्रतिफल हो,’ उनी भन्छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले यस्तो उपलब्धिले नेपाली युवामा क्षमता, दूरदृष्टि र लक्ष्यप्रति प्रतिबद्धता रहेको सन्देश विश्वसामु पुगेको बताए।

आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। संघर्षबाट स्थापित भएका चौहान कर्म गरेपछि त्यसको फल अवश्य राम्रो हुने बताउँछन्। ‘म पनि ग्रासरुटबाट यहाँसम्म आएको हुँ, गरे के हुन्न र? तर सबै कुरा आफैँमा भर पर्छ।’ चौहानको कलाकारिता र राजनीतिक क्षेत्रमा पनि उत्तिकै प्रभाव र पहुँच छ। उनले व्यवसायमार्फत धेरै व्यक्तिहरूलाई रोजगारी दिएका छन्। भने समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। कोभिडकालदेखि हालसम्म आइपुग्दा उनले धेरै व्यक्तिहरूको आँसु पुछेका छन्।  भारतको गोवास्थित बागा समुद्र तटमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहमा चौहानलाई सम्मान गरिएको हो।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode