Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

गठबन्धन र सरकार पाँच वर्षसम्मै कायम रहन्छ : माधब नेपाल


काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायीत्वका बिषयमा आशंका नगर्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका बिषयमा बिभिन्न आशंका गर्ने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

राजनीतिक स्थायीत्व दिनका लागि नै दलहरु मिलेर अघि बढ्ने प्रतिवद्धता गरेको उनको भनाई छ । अध्यक्ष नेपालले पद र अवसरका लागि दलहरु मिलेको भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई चिर्दै जनता र देशलाई केन्द्रीत भएर काम गर्न सक्ने त्यस्ता आरोपहरु आफै हट्ने जिकिर गरे । उनले अहिलेको गठबन्धन निर्वाचनका जनताले दिएको जनादेश अनुसारको रहेकाले मुलुकको समृद्धि र बिकासमा जनताको अपेक्षा अनुसार नै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष नेपालले गठबन्धनभित्र रहेका तीनवटा पार्टीबीच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन कम्युनिष्टबीचको एकतालाई पनि महत्व दिएको भन्दै कुनै दल सप्रेर मिलेर जानुपर्छ भन्ने मान्यताका साथ आए एकता हुन सक्ने बताए ।

अध्यक्ष नेपालले विचार, नीति, दृष्टिकोण र भावनामा एकरुपता भए संगै बसेर काम गर्न समस्या नहुने तर कुनै पार्टीमा गएर भने गाभिन नसकिने स्पष्ट पारेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode