Techie IT
  • ११ असार २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डविरुद्वको मुद्धाको पेशी शुक्रबारका लागि सर्यो


काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धाको पेशी शुक्रबारका लागि सारिएको छ ।
बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्धा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहाललाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दाहालबिरुद्ध दुईवटा रिट दर्ता थियो । दाहालबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगाएत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरण सहित १४ जनाले रिट दायर गरेका थिए ।

रिट दायर भएपछि सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको थियो । दाहालले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ । यो प्रकरणपछि नेपालको राजनीति तरङ्गीत बन्दै आएको छ । माओवादी घटकहरुले जनयुद्ध र शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दा आयोगमार्फत सुझाउनुपर्ने भन्दै संघर्ष गर्ने चेतावनी दिँदै आएका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode