Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

टुँडिखेलमा ओली–देउवाविरुद्व नाराबाजी, देउवा रिसाए, ओलीले फकाउने प्रयास गरे


काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भए ।

आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु । यही हो तिमीहरुको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरु छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरु पछाडि बसेका छन् ।’

कार्यक्रममा प्रमुख अथितिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । कार्यक्रममा सुरुमै प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएपछि छोटो बोलेर निस्किएका थिए ।

नाराबाजी सुनेपछि बोलेका ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई विथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएको भन्दे फकाउने प्रयास गरे । कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीले बताए ।

गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी थिए । रावलले सम्बोधन गर्दा भने खुसीयाली व्यक्त गर्दै उनको पक्षमा नाराबाजी भएको थियो ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode