सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट
काठमाडौं । युवाहरुको समुह मिलेरपाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ । शुक्रबार बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।
होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । “पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने । “अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग र सहकार्य रहने छ । ”
माननीयमन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए ।
३४ ओटा रुमको सहितको यो होटलमा दुइ सय जनाभन्दा बढी क्षमताको हल, बैठक कक्ष सहितको शान्त वातावरणमा रहेको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया