Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

जेनेभा जान नपाएकोमा विमला पौड्यालको असन्तुष्टी, प्रचण्डमाथि आरोप


काठमाण्डौ । परराष्ट्रमन्त्री डा. विमला पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन जानबाट रोकेकोमा असन्तुष्टी व्यक्त गरेकी छिन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम समयमा जेनेभा जानबाट रोकेकोप्रति असन्तुष्टि जनाएकी हुन् ।

प्रधानमन्त्री दाहालले पौडेललाई रोकेर पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाएका थिए । उनले नेपालको प्रतिनिधित्व गर्दै कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि पनि प्रश्न उठाएकी छन् । पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताइन् ।

उनले नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको टिप्पणी गरेकी छन् । विदेशी प्रतिनिधिको भेटमा भेटहरूमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उनले दलका नेताहरूले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेको पनि बताइन् । नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्नेमा जोड दिइन् ।

मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुने बताइन् । मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताएकी छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode