Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

बढ्दो गर्मी र तातो हावाका कारण तराईंको जनजीवन कष्टकर


तराई । बढ्दो गर्मी र तातो हावाका कारण तराईंको जनजीवन निकै कष्टकर भएको छ । गर्मीसँगै तातो हावा लु चल्न थालेपछि मानिसहरु विरामी पर्न थालेकाछन । धनगढीको तापक्रम १२ वर्षयताकै उच्च ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । धनगढीको हालसम्मकै धेरै तापक्रम १६ जुन १९ सय ९५ मा ४६ दशमलव ४ डिग्री मापन भएको थियो । जुन देशभरिकै अहिलेसम्मको उच्च तापक्रम हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ । भैरहवादेखि पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको छ ।

तापक्रम पनि पश्चिम तराईमा धेरै उच्च छ । बंगालको खाडीमा बनेको रेमल नामक चक्रवातका कारण पूर्वी तराईसहित कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा भएकाले ती क्षेत्रमा केही राहत पुगेको छ । पश्चिम तराईमा भने गर्मीका कारण मानिसहरु दिनभरी घरभित्रै बस्ने गरेकाछन । गर्मीले शरीरमा पानीको मात्रा कम भएर मानिसहरु विरामी पर्न थालेका छन ।

शरीरमा रहेको अम्ल, नुनको मात्रालगायत तत्वहरूसमेत पसिनाको माध्यमबाट निस्कने भएकाले मानिसहरु अस्वस्थ हुन थालेकाहुन । पानीको मात्रा कम हुँदा मिर्गाैला, फोक्सो, छाला, आँखालगायत अंगमा असर पर्ने गरेको छ । चिकित्सकले घरबाहिर ननिस्कने, निस्कनै परे पूरै शरीर ढाक्ने कपडा लगाएर, टाउको छोपेर, चस्मा लगाएर, छाता ओढेर निस्कन सुझाव दिएका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode