Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

परराष्ट्र मन्त्री श्रेष्ठलाई अभियन्ता नेमकुलको प्रश्न– पोर्चुगलमा राजदूत कहिले पठाउनुहुन्छ ?


काठमाडौँ । चौतर्फी दबाबपछि गत कात्तिक महिनामा सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गर्यो । सनिल नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस पनि गरियो । तर झन्डै पाँच महिना नाग्दासमेत न त पोर्चुगलमा राजदूत पठाइयो, नता राजदूतावास स्थापना नै भयो ।  राजदूतावास खुल्ने भएपछि उत्साहित बनेका नेपालीहरू निराश बन्न थालेका छन् ।

राजदूतावास स्थापनाको लागि नेपाल सरकारलाई झकझक्याउँदै आएका अभियन्ता गंगाबहादुर नेमकुलले  उपप्रधान तथा परराष्ट्र मन्त्री राजदूत पठाउन सकारात्मक रहेकोले निराश भइहाल्नुपर्ने अवस्था नरहेको दाबी गर्छन् । यस विषयमा परराष्ट्र मन्त्री श्रेष्ठलाई पटक पटक झकझक्याएको उनले बताए ।  त्यसो अभियन्ता नेमकुलले पोर्चुर्गलमा नेपालीको संख्या बढेसँगै राजदूतावासको आवश्यकता महसुस गरेर विगत लामो समयदेखि नेपाल सरकारका विभिन्न निकायमार्फत दूतावास स्थापनाको प्रयास गरेका थिए ।

सो क्रममा उनले माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठदेखि, कांग्रेस नेता भीमसेनदास प्रदान र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।  उनको निरन्तरको प्रयास र युरोपमा रहेका नेपालीको दवावपछि सरकारले राजदूतावास स्थापनासँगै राजदूत सिफारिस समेत गरेको थियो । तर दूतावास स्थापनामा विलम्ब गरेपछि वर्तमान सरकारसँग प्रवासी नेपाली रुष्ट हुन पुगेका छन् ।  लाखौँ नेपालीको हितमा रहेको निर्णय कार्यान्वयनमा ढिलाइ गरिए त्यसको असर निर्वाचनसम्म पर्ने भन्दै अभियन्ता नेमकुलले तत्काल निर्णय कार्यान्वयनमा ल्याउन परराष्ट्र–मन्त्री श्रेष्ठसमक्ष आग्रह गरेका छन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode