Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

स्कटल्याण्डविरुद्ध नेपालको लज्जास्पद हार, नेपालको २३ खेलबाट १८ अंक मात्रै


काठमाण्डौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले बलियो स्कटल्याण्डलाई जम्मा १२० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य स्कटल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ३५.३ ओभरमा ११९ रनमा अलआउट भयो । कुशल भुर्तेललाई बेन्चमा राखेर हरिशंकर साहलाई राखिएको टिमका कुनै पनि सदस्यले अपेक्षाअनुसारको ब्याटिङ गर्न सकेनन् । नेपालले ओपनरहरु अर्जुन साउद शुन्य र आसिफ शेखले १ रन मात्रै बनाए ।

तेस्रो तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले पनि ९ रनमात्र बनाउन सके । चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले र दीपेन्द्रसिंह ऐरीले ४३ रनको साझेदारी गरेको थिए । दीपेन्द्र १४ रनमा आउट भए । कप्तान रोहित ४७ रन बनाएर क्याचआउट भए । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । नेपालका आरिफ शेख ६, हरिशंकर साह १ र गुल्सन झा ५ रनमा आउट भएका थिए ।

अन्तिमक्रममा ब्याटिङ गरेका सोमपाल कामीले १६ र ललितनारायण राजवंशीले ११ रन बनाए । यसपटक नेपालले ४ खेल खेल्दा जम्मा १ अंक बटुलेको छ । पहिलो खेल नामेवियाविरुद्ध वर्षाका कारण रद्द हुँदा १ अंक लिएको नेपालले त्यसपछिका सवै खेल गुमाउन पुग्यो । ७ टिमले लिग टू खेलिरहेकोमा नेपाल २४ खेलबाट १८ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल पपुवा न्युगिनी रहेको छ । उता नेपालविरुद्ध जित निकालेको स्कटल्याण्ड भने ४६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले अहिलेसम्म ३२ खेल खेलेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode