Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

मणिपाल शिक्षण अस्पताल तोडफोडमा संग्लन रहेको आरोपमा ८ जना नियन्त्रणमा : जिप्रका कास्की


कास्की । पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल तोडफोडमा संग्लन रहेको आरोपमा ८ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ८ जना बाहेक अन्यको खोजी भएरहेको जानकारी दिएका हुन् ।

गत सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । आइतबार भर्ना भएकी दुराका आफन्तले अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए । आक्रोशित मृतकको आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरेका थिए ।

सीसिटिभि क्यामेराबाट पहिचान गर्दै पोखराको न्युरोडबाट विनय गुरुङ, सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ र प्रदीप गुरुङगरी तोडफोडमा संग्लन थप ८ जना पक्राउ परेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूउपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको थापाको भनाइ छ ।

पछिल्लो एकसाता यता कास्कीमा घटेका घटनाहरु सार्वजनिक गर्दै प्रहरीले पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रकाउ गरेको जनाएको छ । पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक गितेन्द्रबाबु राईसहितका समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा गरेर कागजातै बिनै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको प्रहरीले जनाएको छ । कास्की प्रमुख थापाले संचालक समितिका १९ जना विरुद्ध उजुरी परेको बताउँदै हालसम्म १ जना पक्राउ परेको र अन्यको खोजी भइरहेको जानकारी दिए ।

त्यस्तै प्रहरीले पोखरा १४ चाउथेको प्रतिभा टोलस्थित एक घरबाट ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको बताएको छ । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो । सो घरबाट लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएका प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले यात्रुलाई सार्वजनिक बसमा दुख दिएको भन्दै पोखराको पृथ्वीचोकबाट २ जनालाई पक्राउ गरिएको जनाएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode