Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र सार्वजनिक, केके छन् एजेण्डा ?


काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एक कार्यक्रमकाबीच निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो । सो पार्टीले आफ्नो वाचापत्रमा संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने सो पार्टीको एजेन्डा छ । उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि सो पार्टीको एजेन्डामा छ । वाचापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी संसदमा जान तम्तयार भएर बसेको बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ । सो पार्टीले वि.सं. २११० सम्ममा नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा उल्लेख छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode