ओलीमाथि प्रश्न : सुन कि पित्तल ? ओलीको जवाफ : जड्याहाले जे पनि भन्छ

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी राख्दा सुनको ठाउँमा पित्तल राखेको भन्ने आरोपको खण्डन गरेका छन् । पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष ओली आफूमाथि आरोप लगाउने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालविरुद्ध पनि खनिएका छन् । देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिएको ओलीको कटाक्ष छ । यस्तो अभिव्यक्ति दिनु नै देशद्रोह भएको ओलीले जिकिर गरे । एउटा जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद् अवरुद्ध पारेको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबी समेत गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफु नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरेका छन् । उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारुढ दलहरूले मिलेर आरोप लगाइरहेको बताए । आफुले जिन्दगीभरि भ्रष्टाचार विरोधी अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजेको उनले बताए ।
क्याटेगोरी : देश
प्रतिक्रिया