Techie IT
  • २७ जेठ २०८३, बुधबार
  • काठमाडौं
Khoj Mission News

आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु


काठमाडौँ । शुद्ध पिउने पानी भन्दै उपभोक्तालाई बिक्री गर्दै आएको पचली भैरव पानी प्रशोधन उद्योगले उत्पादन गरेको आकु ब्रान्डको पानीमा अखाद्य वस्तु फेला परेको छ ।

ललिपतुर २३ धापाखेलमा रहेको यो उद्योगबाट उत्पादन भएको एक लिटरको मिनिरल वाटरको बोतलमा अखाद्य वस्तु सिल प्याक गरिएको अवस्थामा फेला परेको हो । ब्याच नम्बर २४८ उल्लेख भएको आकु ब्रान्डको बोटलमा २०८२ चैत २६ गते उत्पादन भएको मिति उल्लेख गरिएको छ । उत्पादन भएको मितिले ६ महिना प्रयोग गर्न मिल्ने स्टिकरमा उल्लेख गरिएको छ । तर प्रयोग अवधि बाँकी रहेकै बोतलमै खतरनाक अखाद्य वस्तु भेटिएको छ ।

यसरी आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै सरकारी संयन्त्र लाई चुनौती दिई रहेको यो उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बारम्बार सिलवन्दी गर्दै जरिवाना सहित कारवाही गरे पनि यो उद्योगको बदमासी अझै रोकिएको छैन । जसले सरकारी निकायको अनुगमन माथि नै गम्भीर प्रश्न उब्जाई दिएको छ ।

आकु ब्रान्डले उपभोक्ता माथि गरेको यो लापरबाही त केवल एक प्रतिनिधि उदाहरण मात्रै हो । पछिल्लो समय देशैभर उत्पादन हुँदै आएका बोतल र जारका पानीमा अखाद्य वस्तु भेटिरहने र बारम्बार त्यही उद्योग माथि वाणिज्य र खाद्यको कारबाही भईरहनुले पानी व्यवसायीहरूको मनोमानी अझै नरोकिएको स्पष्ट हुन्छ । त्यसमाथि कु ब्रान्डको पानीको बोतलमा स्पष्ट देखिने गरी विवरणहरू समेत उल्लेख गरिएको छैन ।

नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनिरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ,हानिकारक पदार्थ,किरा लगायतका अखाद्य चीजहरू बेलाबेलामा भेटिरहन्छ । फितलो अनुगमन र कडा कारवाही नहुँदा बारम्बार पानी उद्योगले एउटै गल्ती बारम्बार दोहोराउँदै आएका छन् ।

स्वच्छ खानेपानीको लागि आजभोलि जार तथा मिनिरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भए पनि पानीमा पनि खतरनाक अखाद्य वस्तु भेटिएका घटनाहरू बाहिर आउँदा पनि सरकारी निकायले प्रभावकारी कारबाही गर्न सकेको छैन ।


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode