Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
  • काठमाडौं
Khoj Mission News

सशस्त्र प्रहरी कार्यक्रममा प्रतिबन्धित सामग्री प्रयोग, अख्तियारमा उजुरी


काठमाडौं । गोदावरी नगरपालिका–१ मा अवस्थित सशस्त्र प्रहरी बल, वैधनाथ बाहिनीको स्थापना दिवसका अवसरमा नेपाल सरकारले प्रतिबन्ध लगाएको प्लास्टिकजन्य फूलहरूको प्रयोग गरी सजावट गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन तथा कारबाहीको माग गरिएको छ।

सामाजिक तथा सरोकारवालाहरूले आयोगको प्रदेश कार्यालय, महेन्द्रनगरमा निवेदन दर्ता गर्दै सरकारी प्रतिबन्धित सामग्रीको प्रयोग हुनु कानूनको समान कार्यान्वयनमाथि प्रश्न उठाउने विषय भएको बताएका छन्। उनीहरूले यस्ता सामग्री प्रयोगमा विगतमा व्यवसायीहरूलाई कारबाही हुने गरेकाले नियमनकारी निकायबाटै भएको प्रयोग गम्भीर भएको दाबी गरेका छन्।

निवेदनमा सशस्त्र प्रहरी बल नं. ७ वैधनाथ बाहिनीका निमित्त वाहिनीपति दिगविजय सुवेदी र केही व्यापारीबीच मिलेमतो रहेको आरोपसमेत उल्लेख गरिएको छ। साथै, प्रतिबन्धित सामग्रीको प्रयोगसँगै केरा, कुखुरा र फूलहरूको अवैध पैठारीमा संलग्नता रहेको दाबी गर्दै यस्ता गतिविधिले किसानको जीविकोपार्जनमा असर पारेको उल्लेख गरिएको छ।

निवेदकहरूले कानूनको दायराभित्र सबैलाई समान रूपमा ल्याई निष्पक्ष छानबिन तथा आवश्यक कानूनी कारबाही गर्न माग गरेका छन्। जवाफ दे हिसाब दे लुज फोरम भन्ने संस्थाले अख्तियारमा निवेदन दिएर कारबाहीको माग गरेको हो ।

यता, सशस्त्र प्रहरी बलले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode