अनलाइनमा प्रकाशित समाचारप्रति नेपाली कांग्रेस गोरखाको आपत्ति
गोरखा । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार श्प्रेमकुमार खत्रीको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै ImageKhabar.com लगायतका केही अनलाइन माध्यममार्फत कपोलकल्पित, भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन तथा प्रसारण गरिएको उल्लेख गरेको छ। “एस टु हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु” शीर्षकमा प्रकाशित समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा यस्ता समाचारहरू नियोजित रूपमा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउने, चरित्रहत्या गर्ने तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले प्रकाशित गरिएको दाबी गरिएको छ। यस्ता गतिविधि निर्वाचन आचारसंहिता २०८२ र पत्रकार आचारसंहिता विपरीत भएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।
साथै, यस्ता कार्यमा संलग्न पक्षउपर प्रचलित कानून बमोजिम कानुनी कारबाही गर्न माग गरिएको छ।
नेपाली कांग्रेस गोरखाले गोरखा क्षेत्र नम्बर १ का सम्पूर्ण मतदातालाई भ्रममा नपरी आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार श्री प्रेमकुमार खत्रीलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन हार्दिक अपिल समेत गरेको छ।
उक्त विज्ञप्ति नेपाली कांग्रेस गोरखाका सभापति माननिय नन्द प्रसाद न्यौपानेद्वारा जारी गरिएको हो।
हेर्नुहोस् विज्ञप्ति :

क्याटेगोरी : प्रमुख समाचार











प्रतिक्रिया