Techie IT
  • ७ माघ २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

सहकारी अपचलन प्रकरण: पर्सा अदालतको आदेश, रवि लामिछानेसँग १ करोड धरौटी


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो ।

गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ । रवि अदालतमा हाजिर भएर चितवन २ मा मनोनयनमा जाने तयारीमा थिए ।

धरौटी मागिनु दोष प्रमाणित हुनु होइन, तर अदालतले मुद्दालाई हल्का रूपमा नलिएको संकेत भने हो। आगामी दिनमा अनुसन्धान, प्रमाण र कानुनी बहसले मुद्दाको दिशा तय गर्नेछ। यद्यपि, राजनीतिक रूपमा हेर्दा यो घटनाले रास्वपाको वैकल्पिक राजनीतिको दाबी, पारदर्शिताको अभ्यास र संकट व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ।

अदालतको अन्तिम फैसलासम्म निर्दोष ठहरिने संवैधानिक मान्यता कायम रहे पनि, सार्वजनिक विश्वास जोगाउन रास्वपाले यस विषयमा लिने दृष्टिकोण र पारदर्शिता निर्णायक बन्नेछ।

लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको हो । अब रविले धरौटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने हुन्छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode