Techie IT
  • ५ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ओखलढुंगामा एमालेले बनायो युवा नेतृ अस्मिता थापालाई उम्मेदवार


काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेनबाट केन्द्रीय सदस्यमा भारी मत ल्याएर विजयी भएकी अस्मिता थापा जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने नाम हो । सानै उमेरदेखि इमानदरिताको परिचय बनाएकी थापा यसअघि नै ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्षमा निर्वाचित भइसकेकी युवा पुस्ताकी नेतृ हुन् ।

थापा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएकै बेलामा ०७९ को निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । एकपछि अर्को सफल कर्मले उनलाई अगाडि बढाइरहेको छ । यसैको नतिजास्वरुप एमालेले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एमालेले थापालाई टिकट दिएको हो । नी जिल्लामै प्रभावशाली युवा नेतृको रुपमा परिचित छिन् । थापा एमालेबाट टिकट पाउँने सबैभन्दा कान्छो उम्मेदवार बनेकी छन् ।

पछिल्लो समय जेनजी पुस्ताको भावनाको कदर गर्नुपर्ने आवाज बुलन्द भइरहेका बेला थापाको उम्मेदवारीले उक्त मागलाई सम्बोधन गरेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा नेताहरूले नयाँ सोच, नवीन रणनीति र इमान्दार नेतृत्वको आवश्यकता औंल्याउँदै आएका छन् । यसै सन्दर्भमा थापाको उम्मेदवारी निकै अर्थपूर्ण देखिन्छ ।

सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय थापाले ओखलढुंगाको लिखु गाउँपालिकाको उपाध्यक्ष भएर नेतृत्व र जनसेवामा आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन् । अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरी, लगातार सफलता हासिल गर्दै आएको उनको यात्रा जेनजी पुस्ताका लागि प्रेरणादायक उदाहरण बनेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode