Techie IT
  • १० पुस २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौं–४ मा चाहना अधिकारीलाई उम्मेदवार बनाउन राप्रपाको सिफारिस


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट चम्पा अधिकारी (चाहना) लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपाको स्थानीय समितिले अधिकारीलाई प्रत्यक्षतर्फको उम्मेदवार र समानुपातिकतर्फ १ नम्बर सूचीमा राख्न माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

अधिकारी यस क्षेत्रमा राप्रपाको ‘लोकप्रिय’ र ‘चर्चित’ अनुहारका रूपमा चिनिन्छन्। गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी उनले सम्मानजनक ‘पपुलर मत’ प्राप्त गरेकी थिइन् । अत्यन्तै थोरै मतान्तरले मात्र पराजित भएकी अधिकारीले स्थानीय स्तरमा आफ्नो बलियो पकड बनाएको राप्रपाका स्थानीय नेताहरूको बुझाइ छ ।

हाल राप्रपाको महिला संगठनको केन्द्रीय सचिवको जिम्मेवारीमा रहेकी अधिकारीलाई पार्टीभित्र ‘साझा र गतिशील’ (डाइनामिक) नेतृका रूपमा हेरिने गरिन्छ । उनलाई उम्मेदवार बनाउँदा राप्रपाको जित सुनिश्चित हुने दाबी स्थानीय नेताहरूले गरेका छन् ।

राप्रपाका एक स्थानीय नेताले भने, “उहाँजस्तो ऊर्जाशील र जुझारु युवा नेतृले टिकट पाउँदा निर्वाचन जित्ने सम्भावना निकै बलियो छ । समानुपातिकबाट भए पनि वा प्रत्यक्षबाट भए पनि उहाँजस्ता सक्षम युवाहरूलाई पार्टीले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो जोड हो ।”

काठमाडौँ–४ मा युवा र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अधिकारीको उम्मेदवारीले थप उत्साह थपेको राप्रपा कार्यकर्ताहरूले बताएका छन्। स्थानीय समितिले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेसँगै अब पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले यसबारे अन्तिम निर्णय लिनेछ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode