राप्रपाले काठमाडौं १ मा पशुपतिशमशेरलाई उम्मेदवार बनाउने, रविन्द्रले गरे भ्रामक प्रचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ ।
काठमान्डौ क्षेत्र नं १ को क्षत्रिय समितिको वैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समित अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षेत्रीय समिति सदस्य विनोद दवाडीले जानकारी गराए । उनकाअनुसार क्षेत्रले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछि कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिति वाहिरको मान्छे वोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् ।
क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ । काठमान्डौ क्षत्र न १ का राप्रपाका कार्यकर्ता र क्षत्रिय र सवै वडा समितीका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेकाछन् । उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएका छन् । यसको लागि आज भोलिमै १ नं क्षेत्रका सवै सक्रिय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया