Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

एमाले फेरी सत्तामा फर्किने ओलीको दाबी, सरकारले आफूलाई पक्राउ गर्न खोजेको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् । शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् ।

अव हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनको दाबी छ । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे ।

ओलीले भने, ‘एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन । यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन,तर अब हुने चुनावमा एमाले बहुमतसहित फर्किनेछ । अरु पूराना पार्टी के गर्छन् मलाई थाहा छैन,तर एमाले फर्किन्छ ।’

ओलीले एमालेमाथि २०७३ सालमा र २०७८ सालमा हमला गरे पनि जनमतबाटै सत्तामा फर्किएको स्मरण गर्दै फेरि पनि फर्किने दावी गरे ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीको भनाइ छ । असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापित गर्नुपर्ने दोहर्याए ।

सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बनाएको संयन्त्र मात्रै भएको ओलीको तर्क छ । प्रधानमन्त्री सुशीला कार्कीको ध्यान आफुलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।

उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुप¥यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो । तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो ।’

उनले सरकारले राजदूत फिर्ता, अध्यादेश जारीलगायतको काम गरेकोप्रति आपत्ति जनाए। उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुने आग्रह गरे ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे । उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode